शिखर इन्स्योरेन्सले डाक्यो एजीएम, १६ प्रतिशत बोनस दिँदै

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि माघ २५ गते कम्पनीको १८ औं वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको माघ ३ गते बसेको बैंठकले कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजे साधारण सभा बोलाउने निर्णय गरेको छ ।

नेपालकै सबल र सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर दिँदेछ । उक्त बोनस र बोनरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव साधारण सभामा लैजाँदैछ ।

शिखर इन्स्योरेन्स र अन्य कुनै बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन सम्बन्धि प्रस्ताव समेत सभामा राखिएको छ । साधारण सभा मार्फत प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तिबारे बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी दिने लगायतका प्रस्तावहरु उपर छलफल भई पारित हुनेछ ।

त्यस्तै, वार्षिक साधारण सभाले आव २०७८।०७९ को लेखा परिक्षण प्रतिवेदन सहितको वार्षिक वित्तीय विवरण पारित गर्नेछ ।

लभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १७ गते मंगलबारदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गर्ने जनाएको छ । बुकक्लोज अनुसार माघ १६ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।