गुहेश्वरी मर्चेन्टको माघ २७ मा साधारण सभा आह्वान

0
Shares

गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडले लाभांश पारितका लागि माघ २७ गते २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २ गते बसेको सञ्चालक समिति बैठकले गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजे सभा आह्वान गरेको हो ।

कम्पनीको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि फाइनान्स कम्पनीले माघ २० गते शुक्रबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोज अनुसार माघ १९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।