प्रोग्रेसिभ फाइनान्स सवा करोड नोक्सानीमा

0
Shares

प्रोग्रेसिभ फाइनान्स लिमिटेड सवा करोड नोक्सनीमा पुगेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३० लाख २५ हजार भन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले २ करोड ४१ लाख भन्दा बढी खुद नाफा गरेको थियो ।

कम्पनीको इम्पेरमेन्ट चार्ज बढ्दा नोक्सानीमा गएको हो । गत आवको दोस्रो त्रैमासमा २६ लाख मात्र इम्पेरमेन्ट चार्ज राखेको कम्पनीले हाल ४ करोड ३० लाख ८३ हजार भन्दा बढी व्यवस्था गरेको छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात ३.६४ प्रतिशतबाट १.२९ प्रतिशत बिन्दुले बढेर ४.९१ प्रतिशत पुगेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा २ करोड ५४ लाख १० हजार रुपैयाँ बढीले ऋणात्मक छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन घाटा १ करोड ३० लाख २५ हजार रुपैयाँ छ । गत आवको यहि अवधिमा कम्पनीले २ करोड ५५ लाख १० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

यसै पुससम्म कम्पनीले खुद ब्याज आम्दानी बापत १० करोड २१ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको तुलनामा ६०.३४ प्रतिशत धेरै हो । गत आवमा यसै अवधिमा ६ करोड ३६ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी थियो ।

पुससम्म ४ अर्ब ६६ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ४ अर्ब ५९ करोड निक्षेप संकलन गरी ३ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ८४ करोड ८१ लाख ६ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोषको आकार ६ करोड ३५ लाखबाट ३६.७१ प्रतिशतले बढेर ८ करोड ६८ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७ पैसा ऋणात्मक छ । गत आवको यसै अवधिमा ईपीएस ६ रुपैयाँ ४ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ७८ पैसा र पीई रेसियो २२२.६९ गुणा छ । कम्पनीको स्प्रेडदर ४.५१ प्रतिशत, आधारदर १२.३३ प्रतिशत, कर्जा निक्षेप अनुपात ८१.६२ प्रतिशत, र पुँजीकोष अनुपात २५.४२ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।