साताको सुरुवातमै सेयर बजारमा दोहोरो अंकको गिरावट

0
Shares

सेयर बजार साताको पहिलो दिन नै आज सोमबार दोहोरो अंकले घटेको छ । आइतबार सार्वजनिक विदाका कारण पहिलो दिन सोमबार खुलेको बजार १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा झरेको हो ।

सोमबार २५७ कम्पनीका १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर ६५ हजार १९४ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यसदिन आजदेखि नै कारोबारमा आएको कुमारी बैंकको सर्वाधिक रकमको सेयर कारोबार भएको छ । बैंकको १३ लाख २५ हजार ९३ कित्ता सेयर २७ करोड ४८ लाख २८ हजार ८३२ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै एनआईसी एशिया बैंकको १२ करोड ७५ लाख, रिडी पावर ११ करोड ३३ लाख, अपि पावर ११ करोड १४ लाख र एभरेष्ट बैंकको १० करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शीर्ष कारोबार हुने दश कम्पनीमा शिवम् सिमेन्टस्, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, अपर तामाकोशी र निफ्रा समेटिएका छन् ।

घट्दो बजारमा पनि आज ५ कम्पनीको सेयरमूल्य करिब सर्किट लेबलमा बढेको छ । आदर्श लघुवित्तको १० प्रतिशत, सानिमा जीईआईसीको ९.९९, कुमारी बैंक ९.९९, स्ट्याण्डर्ड चार्टड बैंकको ९.९८ र समृद्धि फाइनान्सको ९.९७ प्रतिशतले सेयरमूल्य बढेको छ ।

आजको बजारमा हिमालयन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.७९ प्रतिशतले घटेको छ । गुमाउने अन्य कम्पनीहरुमा लिवर्टी इनर्जी कम्पनीको ७.१९ प्रतिशत, सिंगटी हाइड्रोपावरको ६.३४ प्रतिशत, ग्रीन भेञ्चर लिमिटेडको ५.९४ प्रतिशत र बलेफी हाइड्रोपावरको ६.६५ प्रतिशत सेयरमूल्य घटेको छ । आजको बजारबाट मध्यभोटेकोशी हाइड्रोपावर, शिवम् सिमेन्टस्, युनियन हाइड्रोपावर, एनआईबिएल समृद्धि फन्ड–२ र ज्योति विकास बैंकको लगानीकर्ताले पनि गुमाएका छन् ।

बजार घटेसँगै सोमबार कुल बजार पुँजीकरण ३१ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।