महङ्गो ब्याजले उद्यम टिकाउन समस्या, कर बुझाउन दु:ख – अध्यक्ष गोल्छा

0
Shares

नेपालमा संचालित ९९ प्रतिशत उद्योग व्यवसाय घरेलु साना एवं मझौला उद्यम छन् । कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत छ । त्यसमा घरेलु तथा साना उद्योगको अंश सबैभन्दा बढि छ ।

यिनै योगदानकर्ताका विविध समस्या र तिनको समाधानका बारे आज हामी चर्चा गर्नेछौ । महासंघलाई सधै आरोप लाग्ने गरेको छ कि हामी ठूला व्यवसायीका मात्र कुरा गर्छौ । तर त्यो सरासर गलत हो ।

हाम्रो आधार नै साना मझौला उद्यमी हुन् । जो देशभर छरिएका छन् । जसले राजश्व बुझाउछन् । उत्पादन बजारमा पठाएर उपभोग सिर्जना गरेका छन् । जसले थप राजश्व बढाएको छ।

आज यिनै उद्यमी मर्कामा छन् । त्यसैले त सरकारको राजश्व गत बर्षभन्दा १५ प्रतिशत कम उठेको छ । यी व्यवसायीको उत्पादन लागत बढेको छ । मुख्यतया इन्धन र कच्चा पदार्थको मुल्य बढेका कारण लागत बढेको हो । जसले बजार भाउ पनि बढाइदिएको छ ।

हामी उद्यमीलाई समस्या हुँदा सरकारलाई पिरोलेको छ, उपभोक्तालाई पनि दुखेको छ । तर पनि हामी सधै अपहेलित हुनु परेको छ । कच्चा पदार्थको मुल्य बढेको छ यसलाई घटाउन पहल होस भन्न के हामीले पाउँदैनौ ? ब्याज बढि भयो यसले सबैतिर असर गरेको छ, त्यसको स्थायित्वका लागि पहल गरिदिनुपर्यो भन्दा हामीले के गलत गर्यौ ।

साना उद्यमीलाई कर्जा पाउन कठिन भएको छ सहज बनाउनै पर्छ हामी भनिरहन्छौ । गत आर्थिक वर्षमा ३०९ ठूला उद्योग दर्ता भएकोमा ६५ हजार ६९ एमएसएमई उद्योग दर्ता भएका थिए । यो संख्या अझ बढन सक्छ । यिनको उत्पादन क्षमता अझ बढन सक्छ । अहिले साना ठूला सबै उद्योगको क्षमता करिब ६० प्रतिशत घटेको छ । महंगो ब्याजले लगानी विस्तार त परेको कुरा भएका उद्यम टिकाउन समेत समस्या भैरहेको छ । त्यसैले यस्ता उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने हाम्रो माग छ ।

यसअघिको बजेटमा यो बिषय परेको छ । मौद्रिक नीतिमा पनि यो बिषय समेटिएको छ । तर कार्यविधि आएन् ।माननीय मन्त्रीज्यूको पदवहालसंगै बजारमा उस्साह देखिएको छ । यहाँले बजारलाई चलायमान बनाउन जुन प्रयास गरिरहनु भएको छ त्यो सराहनीय छ । ब्याजदर स्थायित्व र सहज वित्तिय पहुँचमा माननीय मन्त्रीज्यूले थप पहल गर्नुपर्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४ खर्ब २३ अर्ब १५ करोड ९५ हजार रुपैयाँ लघु, साना र मझौला औद्योगिक कर्जा लगानी गरेका छन् । जुन बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जाको ८.८६ प्रतिशत हो । यो न्युन हो । यसलाई बढाउन थप पहल आवश्यक छ ।
हामीले परियोजना कर्जाको सम्भाव्यता अध्ययन प्रतिवेदन केन्द्रिय बैंकमा बुझाएका छौ । परियोजना कर्जामा देखिने जोखिम कसरी बाढन सकिन्छ भन्ने सुझाव हामीले दिएका छौ।

साना उद्यमीको अर्को समस्या हो, बजार सम्मको पहुँच । देशभित्रै पनि ठुला उद्योग संग साना उद्योगलाई जोडन सकिएको छैन् । त्यो बिषयमा पनि हामी आज छलफल गर्दैछौ । सरकारले केहि महंगो भएपनि स्वदेशी उप्पादन खरिद गर्ने नीति ल्याएको धेरै भैसकेको छ । तर कार्यान्वयन हुन सकेको छैन ।

केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय आर्थिक गणना २०१८ अनुसार करिब ५० प्रतिशत उद्योग व्यवसाय दर्ता नभएका छन् । उक्त अध्ययन अनुसार एमएसएमई क्षेत्रबाट १७ लाखले रोजगार पाएका छन् । त्यसैले अर्को काम भनेको राष्टिय अर्थतन्त्रमा यी उद्यमहरुको वास्तविक पहिचान स्थापित गर्नु हो । दर्ता गर्दा सरकारी झमेलामा परिने डरले पनि धेरै उद्यमी दर्ता हुन नचाहेको हुनसक्छ ।

कर बुझाउन जाँदा पनि उल्टै दुख पाउने परिपाटि सायद नेपालमा मात्रै छ होला । यसरी कसरी उद्यमशीलता बिकास हुन्छ ? माननीय अर्थमन्त्रीज्यू अहिले राजश्वमा चाप परेको बेला छ । राजश्व प्रशासनलाई सुधार गर्ने हो भने दायरा निक्कै बढनसक्छ । यस तर्पm यहाँको विशेष पहल आवश्यक छ ।

आधुनिक प्रविधी प्रयोग गर्दै बजारको माग अनुसार गुणस्तरिय उत्पादन आपूर्ति गर्न सकियो भने नेपालमा एमएसएमई उद्योगबाट ठूलो आर्थिक उन्नति गर्न सकिने सम्भावना छ ।

तिनै तहका सरकारले लघु, साना र घरेलु उद्योगबाट उत्पादिन बस्तु तथा सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नु पर्छ । यस्तै, दर्ता नगरी संचालित व्यवसायलाई कानूनी दायरामा ल्याउँदा विभिन्न सुविधा र सहुलियत दिनु पर्छ ।

साना उद्यमीलाई सहुलियत दरमा आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन आवश्यक छ । अनुसन्धान विना लघु, घरेलु र साना उद्योग प्रतिस्पर्धी बन्न सक्दैन् । त्यसैले, नविनतम सोचलाई आर्थिक सहयोग गर्दै नयाँ प्रविधी विकास गर्न अनुसन्धानलाई तिब्रता दिनु पर्छ ।

नेपालमा एमएसएमई क्षेत्रलाई बलियो बनाउनु पर्छ भन्ने राजनीतिक र नीतिगत प्रतिवद्धता नहुँदा प्रभावकारी काम हुन सकेको छैन । जसले गर्दा नेपाली अर्थतन्त्र सुस्त गतिमा अगाडी बढीरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले एमएसएमई क्षेत्रको विकास एवं प्रवद्र्धन गर्नुको साथैं आवश्यक नीतिगत सुधारका लागि सम्बन्धित निकायमा पहल गरिरहेको छ । हाम्रा उद्योग समिति, घरेलु तथा साना उद्योग समिति, महिला उद्यमी विकास समिति र स्टार्टअप तथा इनोभेसन समिति मार्पmत अध्ययन अनुसन्धान, पैरवी र अन्य सहयोग उपलब्ध गराउने काम भैरहेका छन् ।

महासंघले तयार गरेकोे भिजन पेपर, “राष्ट्रिय आर्थिक रुपान्तरण २०३० (नेट २०३०)” मा उल्लेखित १० वटा मुख्य लक्षित क्षेत्रहरुमध्ये एमएसएमई र स्टार्टपहरुको विकासलाई समेत राखिएको छ । यो क्षेत्रको विकास एवं प्रवद्र्धनका लागि विभिन्न निकायको सहकार्यमा कार्यक्रमहरु संचालन गरिदै आएका छन् ।

५० स्टार्टप ५० लगानीकर्ता कार्यक्रम हामीले संचालन गरेका छौ । जसले स्टार्ट अपलाई वित्तिय पहुँच र मेन्टरशिप प्रदान गरेको छ । स्टार्ट अप नीति तयार भएको छ । माननीय मन्त्रीज्युलाई यसलाई पारित गर्न आवश्यक सहयोग उपलब्ध गराइदिन हुन आग्रह गर्दछु ।

महासंघले एमएसएमईहरुकों प्रवद्र्धन गर्न एमएसएमई विकास केन्द्र स्थापना गरेको छ । त्यसका लागि महासंघले सरकारी र गैरसरकारी निकाससँग सहकार्य गरिरहेको छ ।

आजको कार्यक्रममा महिला उद्यम समितिको पनि सक्रिय सहभागिता छ । महिलाहरु आर्थिक उपार्जनका क्रियाकलापमा समावेश नभई आत्मनिर्भर हुन सक्दैनन् । महिला उद्यमी लक्षित सुविधा बढाउनुपर्छ र दिइएको सुविधा महिलाहरुसम्म पुगे नपुगेको अनुगमन पनि आवश्यक छ ।

साना तथा मझौला उद्यमीलाई ऐन, नीति तथा कार्यविधिमा भएका व्यवस्थाका बारेमा जानकारी दिनु आजको सम्मेलनको प्रमुख उद्देश्य हो । सम्मेलनमा हुने विभिन्न छलफलबाट स्वदेशी कच्चापदार्थमा आधारित उद्योगले भोग्नु परेका समस्या समाधानका उपाय पहिल्याउने प्रयास गरिने छ ।

सम्मेलनमा निर्यातमुखी उद्योगको आवश्यकता, ऋणको उपलब्धता र वित्तिय पहुँच, वस्तु तथा सेवाका विविधिकरण र उत्पादकत्व बृद्धि जस्ता विषयमा छलफल गर्दै समस्या समाधानको उपाय पहिचान गरिनेछ । साना उद्यमीलाई प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीका साथैं आफ्नो क्षेत्रमा सफल उद्यमीले आफुले गरिरहेका काम कारबाहीको विषयमा जानकारी दिनेछन् ।

ठूला र साना उद्योगको अन्तरसम्बन्ध स्थापना, आपूर्र्ति र मूल्य श्रृंखलाका सम्बन्धको विकासबारे साना उद्यमीलाई जानकारी दिइने योजना छ । नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्युनिकरणका बिषयमा पनि आज छलफल हुनेछ ।

यस सम्मेलनबाट एमएसएमई प्रवद्र्धन गर्न बनेका नीति, ऐन, नियम एवं कार्यविधिमा भएका व्यवस्थाहरुबारे सहभागीले जानकारी प्राप्त गर्नेछन् । यस्तै, सम्मेलन एमएसएमई क्षेत्रले सामना गर्नुपरेका समस्या पहिचान गर्दै सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि पहल गर्न सहयोगी हुनेछ ।

वित्तिय पहुँचका लागि आवश्यक मापदण्ड, कागजात एवं प्रक्रियागत विषयहरु विज्ञहरुले जानकारी दिनुको साथैं विदेशमा एमएसएमई क्षेत्रको विकास एवं प्रवद्र्धनका लागि भए/गरेका प्रयासहरुबारे समेत छलफल हुनेछ ।

साना उद्योगीले प्रतिष्ठित उद्योग र उद्योगीले आफ्नो क्षेत्रमा प्राप्त गरेको सफलता र अनुभव आदान प्रदान गर्ने अवसर समेत प्राप्त गर्नेछन् ।
त्यसैले म यहाँहरुको सक्रिय सहभागिताका लागि आग्रह गर्दछु । माननीय मन्त्रीज्यूको समयका लागि आभार व्यक्त गर्दछु ।

यहाँले महासंघप्रति देखाउनुभएको सदभावले हामीलाई उर्जा प्रदान हुन्छ । ब्याजदर स्थायित्व र साना उद्यमीको विकास एवं विस्तारमा यहाँको थप सहयोगको अपेक्षा गरेको छु ।

लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन २०७९ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको सम्बोधन