सूर्यज्योति लाइफको बुधबारदेखि दोस्रो बजारमा सेयर कारोबार खुल्दै

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार खुल्ने भएको छ ।

साबिकको सूर्या लाइफ र ज्योति लाइफबीच मर्ज भई पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा एकीकृत कारोबार भएको थियो । दुई कम्पनीबीच १ः०.८२४५ अनुपातमा मर्ज भई कायम हुन आएको सेयर आज सूचीकृत भएको हो ।

एकीकृत कारोबारपछि कम्पनीको कुल ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सेयर सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि नेप्सेमा सेयर कारोबार खुल्ने प्रावधान छ ।

नेप्सेमा कम्पनीका सेयर ‘एसजेएलआइसी’ SJLIC सिम्बोलमा कारोबारमा आउनेछ । नेप्सेले मर्जरका कारण रोक्का रहेको दुबै कम्पनीको सेयर भोलिदेखि एकीकृत संस्थाको नामबाट कारोबार गर्न मिल्नेगरी फुकुवा समेत गरेको छ ।

नेप्सेले मर्जरपछिको पहिलो कारोबारका लागि प्रतिकित्ता ३७१.५९ रुपैयाँ तोकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।