बृहत ग्रुपको भगिनी संस्था ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा

0
Shares

नेपाली बजारमा संयुक्त अरब इमिरेट्स (यूएई) को फर्निचर ब्रान्ड ड्यानुबका उत्पादन बिक्री गर्दै आएको ड्यानुव होम नेपालले काठमाडौंको डिल्लीबजारमा दोस्रो शोरुम विस्तार गरेको छ । ड्यानुव होम रियल इस्टेट क्षेत्रको पायोनियर संस्था बृहत ग्रुपको भगिनी संस्था हो ।

ड्याुनब होमको सुन्धारा ताहागल्लि स्थित पहिलो शोरुमको सफलतापछि बृहत ग्रुपले डिल्लीबजारको पुण्य म्यानसनमा दोस्रो शोरुम खोलेको छ । पुर्व मिस नेपाल प्रिती सिटौलाले मंगलबार ड्यानुव होम नेपालको दोस्रो शोरुमको उद्घाटन गरिन् ।

नेपालमा ड्यानुव होम नेपाल भनेर बृहत ग्रुपले संचालनमा ल्याएको छ । बृहत ग्रुपले लगानी, वास्तुकला, संरचनात्मक डिजाइन, निर्माण र निर्माण पर्यवेक्षणका साथै व्यवस्थापनबाट सबै घर जग्गाका आवश्यकताहरु पुरा गर्दछ । तसर्थ ड्यानुव होम नेपालले सबै मुल्यवान् ग्राहकहरुलाई बृहत ग्रुपको माध्यमबाट रियल इस्टेट सम्बन्धी सम्पुर्ण प्याकेज पुरा गर्दै आइरहेको छ ।

बृहत ग्रुपका अध्यक्ष डा। ओम राजभण्डारीले फर्निचर तथा फर्निसिङ हबका रुपमा परिचित डिल्लीबजार क्षेत्रमा उपभोक्ताको बदलिँदो रुचिलाई सम्बोधन गर्न शोरुम विस्तार गरिएको जानकारी दिए । गुणस्तरीय उत्पादन र प्रतिस्पर्धी मूल्य ड्यानुवको पहिचान भएको उल्लेख गर्नुहुँदै अध्यक्ष राजभण्डारीले सहरी क्षेत्रमा उपभोक्ताको आवश्यकताअनुसारका उत्पादन शोरुममा राखिएको बताए ।

हरेक नेपालीहरुको जीवनशैलीलाई माथि उकास्न र स्तरोन्नति गर्न ड्यानुव होम नेपाललाई नेपाली बजारमा ल्याइएको उनको भनाइ छ । एकै छानामुनी घरको सबै आन्तरीक आवश्यकताहरुका लागि ‘वान् स्टप सल्युसनले घरधनीहरुलाई आफ्नो नयाँ घरमा सहज रुपमा स्थानान्तर गर्न मद्दत गर्ने र लगानीकर्ता हरुलाई गुणस्तरीय उत्पादन सहित किफायति मुल्यमा लगानी गर्ने अवसर प्रदान गर्ने उनको विश्वास रहेको छ ।

ड्यानुव होम नेपाल एक दुबईमा आधारित फ्रान्चाइज कम्पनी हो जुन ग्राहकहरुलाई उनीहरुको सपनाको घरलाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने सम्पुर्ण सामानहरु प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो । ड्यानुव होमले विभिन्न प्रकारका उच्च गुणस्तरका उत्पादनहरुको फराकिलो दायराका साथसाथै घरको आन्तरिक आवश्यकताहरुको लागि एक ‘वान् स्टप सल्युसन’को रुपमा कार्य गर्दछ ।

यहाँ ४० हजार भन्दा बढि उत्पादनहरु रहेका छन् जुन विश्वका २४ विभिन्न देशहरुबाट प्राप्त गरिन्छ , जसअन्तर्गत मलेसिया, टर्की, ब्राजिल, स्पेन, भियतनाम लगायतका अन्य देशहरु पर्दछन् । ड्यानुव होम विश्वभर ४० भन्दा बढि स्थानहरुमा रहेको छ, जसमध्ये नेपाल पनि समावेश छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।