डिजी पेमा आबद्ध व्यवसायीले द नेपाल टप पत्रिकामा सुपथ मूल्यमा विज्ञापन गर्न पाउने

0
Shares

डिजी पे प्रालि र द नेपाल टप दैनिक पत्रिकाले नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा द नेपाल टप का बजार व्यवस्थापक रितेश पोखेरेल र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।

डिजी पेमा आबद्द व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा विज्ञापन र वार्षिक ग्राहक हुन पाउने सम्झौता भएको छ । जसअन्तर्गत डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत बबरमहलस्थित नेपालको एक उत्कृष्ट नेपाली राष्ट्रिय दैनिक संस्था द नेपाल टपसँग सहकार्य गर्ने सम्झौता गरेको हो ।

सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पेमा आबद्द हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले द नेपाल टप को सौजन्य झन्डै ५० हजार पर्ने ६० सीसी रंगिन विज्ञापन मात्र १५ हजार रुपैयाँमानै गर्न पाउनेछन् । साथै १ हजार ५०० पर्ने वार्षिक ग्राहक मात्र १ हजारमा र वर्गीकृत तथा अन्य विज्ञापनमा ७० प्रतिशतसम्म छुट पाउन सक्ने सम्झौता भएको छ ।

द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखरेलका अनुसार, विज्ञापन कुनै पनि व्यवसायीको लागि आफ्नो बजार बिस्तार गर्ने एक महत्वपूर्ण अंग हो । अझै राष्ट्रिय दैनिक पत्रिकामा आफ्नो विज्ञापन गर्नु धेरै राम्रो तर महँगो मानिन्छ । यस सहकार्य अनुसार डिजी पेसँग आबद्ध सम्पूर्ण व्यवसायीको लागि मात्र योजना लागू गरिएको बताए । व्यवसायीले सस्तो तथा सुलभ मूल्यमा आफ्नो विज्ञापन गरी व्यावसायिक तथा सामाजिक लाभ हुने र साथै डिजी पे घरदैलो अभियान मार्फत आफ्नो विज्ञापन झन् धेरै जनमानससम्म पुग्न सक्नेछ ।

यस्तो नौलो र विशेष सहकार्यमा आबद्द हुन पाउनुमा खुशी व्यक्त गरेका छन् । उनका अनुसार यस सहकार्यले स्थानीयस्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए ।

त्यस्तै डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले द नेपाल टप जस्तो एक प्रतिष्ठित नेपाली राष्ट्रिय दैनिक संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी, घरदैलोर ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए । उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत संचार क्षेत्रबाट राष्ट्रिय दैनिकलाई पनि आबद्ध गर्नु ठूलो उपलब्धि हो । यसै गरि अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुविधा दिने योजना रहेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।