स्प्राइटको “पिरोको झट्का स्प्राइटले मेटा” क्याम्पेन


लेमन लाइम पेय पदार्थ स्प्राइटले पिरोको झट्का स्प्राइटले मेटा नामक नयाँँ क्याम्पेन सुरु गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनको लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनका लागि क्याम्पेन सुरु गरिएको कम्पनीले जनाएको छ ।

यो क्याम्पेनको एउटा हिस्साको रुपमा नयाँँ टेलिभिजन कमर्सियल पनि बनाइएको छ ।

“यो पहिलो क्याम्पेन हो, जसमा स्प्राइटले नेपालमा खानासँग आफ्नो सम्बन्धलाई देखाउने प्रयास गरेको छ । यो भन्दा अगाडिको क्याम्पेनहरुमा भने स्प्राइटले गर्मीमा युवाहरुलाई रिफ्रेश्ड बनाउने पेय पदार्थको रुपमा आफुलाई प्रस्तुत गर्ने गथ्र्याे,” विज्ञप्तिमा भनिएको छ ।

यो स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमा पनि रमाइला जिफहरु र स्पाइसी फुड मोमेन्टका भिडियोहरुको साथ पिरोको झट्का स्प्राइटले मेटा क्याम्पेन सञ्चालन गरिएको छ । त्यस्तै विभिन्न सोसल मिडिया इन्फ्लुएन्सरहरुसँग पनि सर्प्राइज कोल्याबोरसन गरिएको छ, जुन स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमार्फत चाँडै नै सार्वजनिक गरिने पनि कम्पनीले जनाएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नेपाली युवाहरुले पिरो चाउचाउ, पिरो चट्पटे जस्तो खानेकुरा रुचाउने भएकाले नयाँँ क्याम्पेनले त्यस्तो पिरो खानेकुराहरुको लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको सन्देश दिने बताए ।

गत वर्ष स्प्राइटले अझ रिफ्रेशिङ लेमनको स्वादमा स्प्राइट नेपाली बजारमा ल्याएको थियो । अहिले बजारमा १७५ मिलि र २५० मिलिको आरजिबि बोतल तथा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर र २.२५ लिटरको पेट बोतलमा बजारमा उपलब्ध छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।