नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर सूचीकृत

0
Shares

साबिक नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख २३ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकको चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने ७३ लाख २३ हजार १६ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । बैंकको पुस ७ गते सम्पन्न ३६ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

उक्त बोनस मंसिर २० गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र पाउनेछ । बैंकले मंसिर २१ ग्ते एकदिन साधारण सभाका लागि बुकक्लोज गरेको थियो ।

मंगलबार नेप्सेमा सूचीकृत भएको बैंकको बोनस बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

साबिक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार थालेका थिए । दुई बैंक १००ः९० को अनुपात (इन्भेष्टमेन्टको १०० कित्ता बराबर मेगाको ९० कित्ता) मा मर्जरमा गएका हुन्। मेगा बैंकको १०० कित्ता सेयर हुनेहरूको घटेर ९० कित्ता हुनेछ भने इन्भेष्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।