माया खोला हाइड्रोपावरको आईपीओ १४ लाखले भरे

0
Shares

माया खोला हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १४ लाखले आवेदन गरेका छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार माघ १७ गते मंगलबार साँझ ५ बजेसम्म १३ लाख ९७ हजार ७२३ जनाले १ अर्ब ५८ करोड ६३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ६३ हजार ८१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणबाट माग भएको सेयर संख्याको ७.९६ गुणा बढी आवेदन हो ।

कम्पनीले माघ १३ गतेदेखि ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । सोमध्ये आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र कर्मचारीहरुका लागि ४८ हजार कित्ता यस अघि नै निष्काशन गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा १९ लाख ९२ हजार कित्ता सेयर मात्रै निष्काशनमा ल्याएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।