कालिञ्चोक दर्शनमा बिहीबारदेखि ८९ हजार ६४० जना सेयरधनी थपिँदै

0
Shares

कालिञ्चोक दर्शन लिमिटेडमा माघ १९ गते बिहीबारदेखि ८९ हजार ६४० जना सेयरधनी थपिने भएको छन् । हालसम्म २३ जना आधारभुत सेयरधनी रहेको सो कम्पनीमा भोलिदेखि ८९ हजार ६४० जना सर्वसाधारण सेयरधनी थपिने भएका हुन् ।

कालिञ्चोक दर्शन लिमिटेडको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सम्हालेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीले माघ ३ देखि माघ ६ गतेसम्म जारी गरेको आईपीओ भोलि बाँडफाँड हुँदैछ । नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यलय नारायणचौर, नक्सालमा बिहीबार विहान ९ः३० बजे सेयर बाँडफाँड हुनेछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार प्रत्येक आवेकदलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार कम्पनीको सेयर ८९ हजार ६४० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् । यो भनेको कम्पनीमा आवेदन दिएका ९६ जनामा १ जनाका दरले मात्रै सेयर पाउने अवस्था हो ।

प्रारम्भिक तथ्याङ्क अनुसार कम्पनीको सेयरमा १४ लाख ३२ हजार ८८१ जनाबाट कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन परेको छ । यसअनुसार कुल आवेदकको ६.२६ जनाले सेयर पाउनेछन् भने ९३.७४ प्रतिशतको आवेदन खाली हुनेछ । प्रारम्भिक तथ्याङ्ककलाई आधार मान्दा १३ लाख ४३ हजार २४१ जनाको हात खाली हुनेछ भने ८९ हजार ६४० जनाले मात्र आईपीओ हात पार्नेछन् ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित तथा बाँडफाँड गरिसकेको छ । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि बाँडफाँड हुन लागेको हो ।

 

हाल कम्पनीका अध्यक्ष रहेका बालकृष्ण शिवाकोटीले कम्पनीमा ४ लाख ३० लाख १८० कित्ता रहेको छ भने प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटीले ५० हजार कित्ता सेयर धारण गरेका छन् । हेर्नुहोस् कम्पनीका आधारभुत सेयरधनी र धारण गरेका सेयरसंख्या यस्तो छ:-

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।