यी हुन् भारतमा सर्वाधिक कर तिर्ने व्यवसायिक १५ घराना

0
Shares

भारतका दोस्रो धनाढ्य मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिज सहित १५ व्यवसायिक घरानाले आर्थिक वर्ष २०२२/२३ मा भारत सरकारलाई सर्वाधिक कर बुझाएका छन्।

सन् २०२२ मा संकलन भएको कुल प्रत्यक्ष करमा यी घरानाहरुले तिरेको करको हिस्सा ११ प्रतिशत भन्दा धेरै रहेको छ । भारत सरकारले सन् २०२२ मा १२ लाख ३१ हजार करोड भारु बराबरको प्रत्यक्ष कर संकलन गरेको छ । जसमध्ये १५ व्यवसायिक घरानाहरुबाट मात्रै १ लाख ३६ हजार ९२९ करोड संकलन भएको छ ।

उच्च कर तिर्ने व्यवसायिक घरानाहरुको सूचीको पहिलो स्थानमा मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिज रहेको छ । कम्पनीले आर्थिक वर्ष २०२२/२३ मा १६ हजार २९७ करोड कर तिरेको छ ।

यस्तै दोस्रो स्थानमा स्टेट बैंक अफ इन्डिया (एसबीआई) बैंक रहेको छ । बैंकले १३ हजार ३८२ करोड बर तिरेको हो । सूचीको तेस्रो स्थानमा टाटा कन्सल्टेन्सी सर्भिसेस रहेको छ । जसले १३ हजार २३८ करोड कर भारत सरकारलाई बुझाएको हो ।

एचएफडिसी बैंकले १२ हजार ७२२ करोड बुझाएर सूचीको चौथो स्थानमा आएको छ । यस्तै बेदान्त ग्रुपले ९ हजार २५५ करोड भारु कर तिरेको छ र सूचीको पाँचौ स्थानमा रहेको छ ।

सूचीको छैठौँ स्थानमा जेएसडब्लु स्टील कम्पनी रहेको छ । कम्पनीले ८ हजार ८०७ करोड भारु तिरेको छ । यस्तै सूचीको सातौँ स्थानमा भारतीय आयल निगम रहेको छ जसले भारत सरकारलाई ८ हजार ५६२ करोड भारु कर तिरेको छ ।

टाटा ग्रुपकै अर्को कम्पनी टाटा स्टील्सले ८ हजार ४७८ करोड कर तिरी सूचीको आठौँ स्थानमा रहेको छ । यस्तै नवौँ स्थानमा रहेको आइसीआइसीआइ बैंकले ८ हजार ४५७ करोड कर तिरेको छ ।

शीर्ष करदाताको दशौं सूचीमा इन्फोसीस रहेको छ जसले ७ हजार ९६४ करोड कर तिरेको छ । यस्तै ११ औँ स्थानमा रहेको भारतीय जीवन बीमा निगम (एलआइसी इन्डिया)ले ७ हजार ९०२ करोड भारु तिरेको छ ।

यस्तै १२ औँ स्थानको कोल इन्डिया लिमिटेडले ६ हजार २३८ करोड तिरेको छ । आदित्य बिरला कम्पनीले ५ हजार ३७३ करोड तिरी सूचीको १३ औँ स्थानमा रहेको छ ।

१४ औँ स्थानमा रहेको आइटीसी लिमिटेडले ५ हजार २३७ करोड कर तिरको छ र शीर्ष १५ को अन्तिम स्थानमा रहेको एनटीपीसी कम्पनीले ५ हजार ४७ करोड कर तिरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।