सुनको भाउ रेकर्ड मूल्यबाट एकैदिन १४ सय रुपैयाँ घट्यो

0
Shares

सुनको भाउ शुक्रबार रेकर्ड मूल्यबाट एकैदिन १ हजार ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार प्रतितोला १४ सय रुपैयाँले घटेर छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ र तेजावी सुन १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार सुनको भाउ एकैदिन १ हजार ७०० रुपैयाँले बढेर छापावाल सुन १ लाख ७ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार हुँदै हालसम्मकै सर्वाधिक भाउको रेकर्ड कायम भएको थियो ।

यस्तै शुक्रबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १ हजार ३६५ रुपैयाँमा खरिद बिक्री भैरहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ३९५ रुपैयाँ पुगेको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस अमेरिकी डलर १९१५ तथा चाँदी २३.५४ डलर हाराहरीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।