निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क ५.१५% बढ्यो, २० अर्ब धेरै आर्जन

0
Shares

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन रकम ५.१५ प्रतिशतले बढोत्तरी भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा सञ्चालनमा रहेका १८ कम्पनीहरुले कुल २० अर्ब ८ करोड २५ लाख ५५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

गत आवको सोही अवधिमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको पुस मसान्तसम्ममा अघिल्लो आवको सोही अवधिको तुलनामा १२ कम्पनीको बीमा व्यवसाय बढेको छ भने ६ कम्पनीहरुको गत आर्थिक वर्षको यसै अवधिको तुलनामा घटेको छ ।

समीक्षा अवधिमा युनाईटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, पु्रडेन्सियल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको हो ।

चालु आवको ६ महिना अवधिसम्ममा राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको भने बीमा व्यवसाय अघिल्लो आवको यसै अवधिको तुलनामा बढेको छ ।

 

चालु आवको ६ महिनासम्ममा कुन कम्पनीले कति संकलन गरे बीमाशुल्क ?

१. शिखर इन्स्योरेन्सः २ अर्ब ६५ करोड २३ लाख ४८ हजार रुपैयाँ

२. नेको इन्स्योरेन्सः १ अर्ब ५४ करोड ५८ लाख ४७ हजार रुपैयाँ

३. हिमालयन एभरेष्ट इन्स्योरेन्सः १ अर्ब ५० करोड ८१ लाख ७९ हजार रुपैयाँ

४. सगरमाथा इन्स्योरेन्सः १ अर्ब ४९ करोड ८० लाख ७० हजार रुपैयाँ

५. राष्ट्रिय बीमा कम्पनीः १ अर्ब ४० करोड ७७ लाख ११ हजार रुपैयाँ

६. सिद्धार्थ इन्स्योरेन्सः १ अर्ब ३४ करोड १८ लाख ८४ हजार रुपैयाँ

७. एनएलजी इन्स्योरेन्सः १ अर्ब २० करोड ३८ लाख ४७ हजार रुपैयाँ

८. प्रिमियर इन्स्योरेन्सः १ अर्ब ७ करोड ३२ लाख ४४ हजार रुपैयाँ

९. सानिमा जीआईसी इन्स्योरेन्सः १ अर्ब १ करोड ६४ लाख ५७ हजार रुपैयाँ

१०. लुम्बिनी जनरल इन्स्योरेन्सः ९७ करोड १९ लाख २३ हजार रुपैयाँ

११. अजोड इन्स्योरेन्सः ९० करोड ४८ लाख ७२ हजार रुपैयाँ

१२. आईएमई जनरल इन्स्योरेन्सः ९० करोड २६ लाख १४ हजार रुपैयाँ

१३. प्रभु इन्स्योरेन्सः ८२ करोड ४५ लाख ६ हजार रुपैयाँ

१४. नेपाल इन्स्योरेन्सः ७९ करोड ३६ लाख ७० हजार रुपैयाँ

१५. दि ओरियन्टल इन्स्योरेन्सः ७० करोड १४ लाख ५१ हजार रुपैयाँ

१६. पु्रडेन्सियल इन्स्योरेन्सः ६४ करोड ८६ लाख ६७ हजार रुपैयाँ

१७. युनाईटेड इन्स्योरेन्सः ५९ करोड ३१ लाख ३५ हजार रुपैयाँ

१८. नेशनल इन्स्योरेन्सः ४९ करोड ४० लाख ७५ हजार रुपैयाँ

अघिल्लो आवको तुलनामा ६ को घट्यो १२ कम्पनीकाे बढ्यो

  • राष्ट्रिय बीमा कम्पनीः १३७.९७ प्रतिशत बढ्यो
  • लुम्बिनी जनरल इन्स्योरेन्सः २५.०५ प्रतिशत बढ्यो
  • अजोड इन्स्योरेन्सः १४.२३ प्रतिशत बढ्यो
  • सानिमा जीआईसी इन्स्योरेन्सः ९.६९ प्रतिशत बढ्यो
  • आईएमई जनरल इन्स्योरेन्सः ९.४४ प्रतिशत बढ्यो
  • शिखर इन्स्योरेन्सः ८.९७ प्रतिशत बढ्यो
  • नेशनल इन्स्योरेन्सः ३.३९ प्रतिशत बढ्यो
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सः ३.०६ प्रतिशत बढ्यो
  • दि ओरियन्टल इन्स्योरेन्सः १.४८ प्रतिशत बढ्यो
  • सिद्धार्थ इन्स्योरेन्सः १.३९ प्रतिशत बढ्यो
  • प्रभु इन्स्योरेन्सः ०.४९ प्रतिशत बढ्यो
  • एनएलजी इन्स्योरेन्सः ०.२८ प्रतिशत बढ्यो
  • नेपाल इन्स्योरेन्सः ०.५४ प्रतिशत घट्यो
  • नेको इन्स्योरेन्सः २.४० प्रतिशत घट्यो
  • प्रिमियर इन्स्योरेन्सः २.९८ प्रतिशत घट्यो
  • प्रुडेन्सियल इन्स्योरेन्सः ३.३२ प्रतिशत घट्यो
  • सगरमाथा इन्स्योरेन्सः १३.३९ प्रतिशत घट्यो
  • युनाईटेड इन्स्योरेन्सः ३२.७६ प्रतिशत घट्यो

चालु आवको ६ महिनामा शिखर इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको १३.२१ प्रतिशत हिस्सा बराबरको बीमाशुलक संकलन गरेको छ । नेशनल इन्स्योरेन्सको हिस्सा सबैभन्दा कम २.४६ प्रतिशत रहेको छ ।

नेको इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र सानिमा जीआईसी इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन हिस्सा ५ प्रतिशतभन्दा धेरै रहेको छ । बाँकी ९ निर्जीवन बीमा कम्पनीहरुको हिस्सा ५ प्रतिशतभन्दा कम रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पुसमसान्तसम्म १३ लाख ९५ हजार ३२ वटा बीमालेख जारी गरेर कुल २० अर्ब ८ करोड २५ लाख बीमाशुल्क संकलन गरेका छन् ।

मुलुकभित्र हाल १८ वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमध्ये भारतीय लगानी रहेका दुई कम्पनीहरु नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स भने नेप्सेमा सूचीकृत छैनन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।