तेह्रथुम पावरको नाफा करिब शतप्रतिशत घट्यो

0
Shares

तेह्रथुम पावर कम्पनीको वित्तीय खर्च बढ्दा खुद नाफा करिब शतप्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ लाख ६२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधमिा १ करोड ७१ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा ९६.१४ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १ करोड ३३ लाखले बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधमिा कम्पनीको वित्तीय खर्च ३ करोड ८८ लाख रुपैयाँ थियो ।

यस्तै विद्युत बिक्री आय ८ करोड २७ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा ८ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३३ पैसा कायम भएको छ । नाफासँगै गत आवको सोही अवधिमा ८ रुपैयाँ ५९ पैसा रहेको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २६ पैसा घटेको हो । कम्पनीको जगेडा कोष ९ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहँदा प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ मात्र छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।