सेयर कारोबार दुई अर्बभन्दा तल झर्‍यो, नेपाल लाइफमा आकर्षण

0
Shares

सेयर बजारप्रति लगानीकर्ताहरुको मनोबल बढ्न नसक्दा सेयर कारोबार दुई अर्बभन्दा तल झरेको छ ।

नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) का अनुसार आइतबार आज १ अर्ब ९३ करोड १७ लाख १० हजार १०३ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा कारोबार रकम १६ करोड ४७ लाख रुपैयाँले खुम्चिएको हो ।

यसदिन २५८ कम्पनीका ५२ लाख ६ हजार ३७० कित्ता सेयर ३९ हजार १८७ वटा संख्यामा खरिद बिक्री भएका छन् ।  बजार सूचक नेप्से १.५४ अंकको सामान्य वृद्धि सहित २०९६.०८ बिन्दुमा अडिएको छ ।

बैंकिङ्ग प्रणालीमा तरलता कायम रहेपनि पछिल्लो समय राजनैतिक अवस्था अस्थीर बन्दा बजारमा लगानीकर्ताहरु ‘पर्ख र हरे’ को अवस्थामा रहेका छन् । यसले एकातिर कारोबार रकम घट्दो क्रममा देखिएको छ भने नेप्से सूचक पनि वृद्धिभन्दा धेरै गिरावट आइरहेको अवस्था रहेको छ ।

आजको बजारमा आदर्श लघसवित्तका सेयरधनीले सर्वाधिक कमाएका छन् , कम्पनीको सेयर १० प्रतिशत अर्थात १९२.८० रुपैयाँ बढेर मूल्य प्रतिकित्ता २१२१.७० रुपैयाँ पुगेको हो । यस्तै पोखरा फाइनान्सको ८.४९ प्रतिशत, सानिमा इक्वीटी फन्ड ४.२९, जानकी फाइनान्स ४.१५ र चिलिमे हाइड्रोपावरको ४.०८ प्रतिशतले सेयरको भाउ बढेको छ ।

केन्द्रीय बैंकहरुले ब्याजदर बढाउँदा पनि सेयरबजारमा यसकारण छायो हरियाली

 

उता आइतबारको बजारबाट इष्टर्न हाइड्रोपावरको सेयर लगानीकर्ताले सर्वाधिक ५.४५ प्रतिशतका दरले गुमाएका छन् । कम्पनीको सेयरमूल्य २६ रुपैयाँ घटेर प्रतिकित्ता ४५१ रुपैयाँमा झरेको छ । यस्तै प्राइम डिबेञ्चर ८६ को ४.८६, पइम लाइफ इन्स्योरेन्स ३.८४, पाँचथर पावर ३.६३ र सपयत्री हाइड्रोपावरको सेयरमूल्य ३.६३ प्रतिशतका दरले घटेको छ ।

 

नेपाल लाइफमा आकर्षण बढ्दा कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । आज नेपाल लाइफको सर्वाधिक ६ करोड ४४ लाख २४ हजार ६८२ रुपैयाँको सेयर कारोबार भएको हाे । यस्तै एनआईसी एशिया बैंकको ५ करोड ८५ लाख, नबिल बैंक ५ करोड ७४ लाख, चिलिमे हाइड्रोपावर ५ करोड ७ लाख र हिमालयन डिष्टिलरीको ४ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।

आइतबारको कारोबारपछि सेयर बजारको कुल बजार पुँजीकरण ३० खर्ब २४ अर्ब ७५ करोड ६९ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।