कच्चा सुनको आपूर्ति सुधार गर्न वाणिज्यमन्त्रीसँग सुनचाँदी व्यवसायीको माग


बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी ब्यसायीहरुले ततकाल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार गएको महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई महासंघका तर्फवाट ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो ।

भेटका क्रममा मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै व्यवसायीका समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसका लागि ब्यवसायीहरुसँग आवश्यकता अनुसार परामर्श गरेर अगाडि बढ्ने उनको भनाई थियो ।

मन्त्री भण्डारीसँगको भेटका क्रममा ब्यवसायीहरुले सुनचाँदी कारोबारको निर्देशीका समेत जारी गर्न आग्रह गरे ।

भेटका क्रममा सुनचाँदी व्यवसायीहरुले भोग्नुपरेका विविध समस्याका बारेमा जानकारी गराएका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।