आशा लघुवित्तले घटायो लाभांश, बोनस कति ?

0
Shares

आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट घटाएर लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो लाभांश अघिल्लो आव २०७७/७८ बाट वितरण गरेको तुलनामा ५.२६ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।