सुपरमाई हाइड्रोपावरको आईपीओ ७ लाख २३ हजार धेरैले भरे

0
Shares

सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा ७ लाख २३ हजार ९२६ वटा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार ५ः०२ बजेसम्ममा कम्पनीको सेयरमा माघ २३ गतेदेखि निष्कासन गरेको सेयरमा दुई दिनमा १९.६७ गुणा बढी सेयर माग भएको हो ।

मंगलबारसम्म ७ लाख २३ हजार ९२६ जना आवेदनबाट ८१ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरको ८१ लाख ६३ हजार ८३० कित्ता सेयरको आवेदन परेको हो । कम्पनीले सर्वसाधारणबाट ४ लाख १५ हजार कित्ताका लागि माग गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेकालाई ५० हजार कित्ता, सामूहिक लगानी कोषहरुलाई २५ हजार कित्ता, कर्मचारीहरुका लागि १० हजार कित्ता सुरक्षित गरिएको छ ।

कम्पनीको आईपीओमा माघ २६ गते बिहीबारसम्म मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।