उपकार लघुवित्तको साधारण सभा आह्वान

0
Shares

बम्पर लाभांश प्रस्ताव गरेको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गते चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

माघ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सामुदायिक होमस्टे, बाँकेमा सभा गर्ने निर्णय गरेको हो । लघुवित्तले बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टेमा उक्त दिन बिहान १० बजे सभा बोलाएको छ ।

सभाले चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ६१.७५ प्रतिशत बोनस सेयर र कर समेत गरेर ३.२५ प्रतिशत नगद गरी कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै संस्थापकतर्फबाट दुई जना र सर्वसाधारणतर्फबाट दुई जना गरी चार सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।
लघुवित्तको सभाले गत आवको वार्षिक प्रतिवेदन, चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ४ गते सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने जानकारी दिएको छ । बुकक्लोजको आधारमा फागुन ३ गते बुधबारसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।