सिवाईसी नेपाल लघुवित्तको नाफा करिब ५७ प्रतिशत घट्यो

0
Shares

सिवाईसी नेपाल लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ३८ लाख खुद नाफा गरेको छ ।

गत वर्ष यस अवधिसम्म ५ करोड ८१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीको नाफा ५८.९७ प्रतिशत घटेको हो । कर्जा नोक्सानी रकम बढेपछि कम्पनीको नाफा प्रभावित बनेको हो ।

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात २.७० प्रतिशत रहेकोमा बढेर ४.६२ प्रतिशत पुगेको छ । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रकम नछुट्याएको कम्पनीले यस वर्ष १ करोड ४७ लाखभन्दा बढी रकम छुट्याएको छ ।

चुक्ता पूँँजी १२ करोड १६ लाख ४१ हजार रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ३९ रुपैयाँ २४ पैसा र जगेडा कोषमा २४ करोड ७४ लाख रुपैयाँ सञ्चित हुँदा प्रति सेयर नेटवर्थ ३३३ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीको निक्षेप ४२ प्रतिशत र कर्जा प्रवाह ४५ प्रतिशतले बढेको छ । कम्पनीले १ अर्ब ७७ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । कम्पनीले १ अर्ब ५७ करोड ८६ लाख निक्षेप संकलन गरी ४ अर्ब १ करोड ५५ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

कम्पनीको दोस्रो त्रैमाससम्म सञ्चालन नाफा ३९.२८ प्रतिशत घटेर ३ करोड ९० लाखमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।