नबिल बैंकले जारी गरेको तीन वटा डिबेञ्चरहरुको ब्याज भुक्तानी

0
Shares

नबिल बैंक लिमिटेडले बैंकबाट जारी भएका ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’, ‘८ प्रतिशत नविल डिबेन्चर २०८५’ र ‘१०.२५ प्रतिशत एनबीबी डिबेन्चर २०८५’ को ब्याज भूक्तानी गरेको छ ।

बैंकका अनुसार बैंकले अर्धवार्षिक ब्याज भुक्तानी गर्नुपर्ने रकम पुस मसान्तमा कायम सम्पूर्ण लगानीकर्ताहरुको बैंक खातामा पठाईएको हो ।
विविध कारणले हालसम्म पनि आफ्नो खातामा ब्याज रकम प्राप्त नगरेका लगानीकर्ताहरुले आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

साथै सो को जानकारी नबिल बैंक लिमिटेडको डिबेन्चर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल काठमाण्डौंमा सम्पर्क गरी आफ्नो ऋणपत्रको व्याज वापतको रकम प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

यस्तै हितग्राही खातामा बैंक खाता नम्बर उल्लिखित बैंकहरुको मर्जर वा एक्युजिशनको कारणले बैंक खाता नम्बर परिवर्तन भएको भए आफ्नो हितग्राही खातामा खाता नम्बर अद्यावधिक गराउन समेत बैंकले आग्रह गरेको छ ।

साथै, इ डिआइएस प्रयोजनको लागि सम्पूर्ण लगानीकर्ताहरुले आफ्नो हितग्राहीमा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ । आफ्नो ऋणपत्र धितो राखेका ऋणपत्रधनी महानुभावहरुको हकमा व्याज रकम प्राप्त गर्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।