पाँचथर पावरको नाफा ३४ प्रतिशत घट्यो

0
Shares

पाँचथर पावर कम्पनी लिमिटेडको खुद नाफा विद्युत बिक्रीको आम्दानी घट्दा ३४.२२ प्रतिशतले घटेको छ । बढ्दो सञ्चालन खर्च र ब्याज खर्चको मारले कम्पनीको मुनाफा प्रभावित बनेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ करोड ७२ लाख रुपैयाँ मात्र नाफा कमाएको हो । गत आवको सोही अवधिमा कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले विद्युत बिक्रीबाट २३ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ९.७७ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २६ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १२.८० प्रतिशत बढेर ६ करोड २६ लाख, सञ्चालन खर्च ६७ प्रतिशत बढेर १ करोड ४८ लाख पुगेको छ ।

चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार ४२.८७ प्रतिशतले बढेर १४ करोड ६७ लाख रुपैयाँ कायम भएको छ । गत आवको यसै अवधिमा जगेडामा १० लाख २७ हजार रुपैयाँ थियो ।

पुससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी घटेर २० रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ पैसामा झरेको छ । यस्तै मूल्य आम्दानी अनुपात १६.६८ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।