नेपाल इन्स्योरेन्सले साढे ४७ प्रतिशत बढायो नाफा

0
Shares

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ४७.६५ प्रतिशतले बढेको छ ।

बिहीबार सार्वजनिक चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको ६ महीनामा कम्पनीले १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आवको पुससम्म कम्पनीको जम्मा आम्दानी १७ करोड ९१ लाख ९५ हजार रहेकोमा चालू आवको सोही अवधिमा ५८ प्रतिशत वृद्धि २८ करोड ४७ लाख ९ हजार पुगेको छ । यस्तै कम्पनीको व्यवस्था तथा खर्च पनि ७४ प्रतिशतले बढेर १३ करोड १४ लाख ३१ हजार रुपैयाँ पुगेको हो ।

२०७८ पुससम्ममा कम्पनीले १० करोड ३८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी १ अर्ब ३७ करोड रहेको कम्पनीको वार्षिक प्रथिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषको आकार साढे ५ प्रतिशत बढेर ४७ करोड ७७ लाख ८१ हजार, बीमा कोष ३३.८७ प्रतिशत बढेर ८२ करोड ९८ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क १० प्रतिशतले घटेर ३९ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४३ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत ९ करोड ४३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ४ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

पुससम्म कम्पनीले ८७ हजार ९४२ वटा बीमालेख जारी गरेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन ७९ करोड ३६ लाख ३० हजार रहेको छ । गत आवमा कम्पनीले ७८ करोड ६५ लाख ११ हजार बीमा शुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको प्रति सेयर नेटवर्थ १९४ रुपैयाँ ८२ पैसा र मूल्य आम्दानी अनुपात २२.४० गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।