ज्योति लाइफको बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने, नयाँ बोनसदर सार्वजनिक

0
Shares

साविकको ज्योति लाइफ इन्स्योरेन्समा बीमा गरेकाले अधिकतम ७५ रुपैयाँसम्म बोनसदर पाउने भएका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट माघ २३ गते स्वीकृत भएसँगै बोनस दर सार्वजनिक गरेको हो ।

जसअनुसार कम्पनीका बीमितले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर पाउनेछन् । सावधिक बीमा योजना र सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर सार्वजनिक गरेको छ ।

यस्तै, अग्रिम भुक्तानी जीवन बीमा योजनामा न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ, वार्षिक अग्रिम भुक्तानीमा प्रतिहजार न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँसम्म इन्स्योरेन्सले बोनसदर तोकेको छ ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशकि अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

बीमा प्राधिकरणबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्मको लागि कम्पनीले भुक्तानी गर्ने उल्लेखित दाबीहरुमा समेत यही बोनसदर कायम हुने कम्पनीको भनाई छ ।

साविकको ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सबीच मर्जर भएर हाल सुर्यज्योति लाइफ लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।