घट्दो बीमाशुल्कबीच रिलायबल लाइफले बढायो नाफा

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घट्दो बीमाशुल्ककाबीच पनि खुद नाफा वृद्धि गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १०.७४ प्रतिशतले घटेपनि खुद नाफा भने २१.९० प्रतिशतले वृद्धि गरेको हो ।

कम्पनीले पुससम्ममा २२ करोड ४७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन रकम १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँबाट १०.७४ प्रतिशत घटेर १ अर्ब ७२ करोड २५ लाख रुपैयाँमा संकुचित बनेको छ ।

पुससम्ममा कम्पनीले लगानी कर्जा तथा अन्य आम्दानीबाट ३४ करोड ८४ लाख रुपैयाँ र बीमालेख धितोमा २३ करोड ९१ लाख रुपैयाँ लगानी गरी २४ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

संस्थापकहरुलाई शतप्रतिशत पूँजी उठाएपछि चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । कम्पनीको जगेडा कोष २८.१३ प्रतिशत बढेर १ अर्ब २८ करोड ८९ लाख ६३ हजार रुपैयाँको उचाईमा पुगेको छ । यस्तै बीमा कोष ५५.५९ प्रतिशत बढेर ५ अर्ब ६२ करोड १६ लाख ७१ हजार रुपैयाँ र महाविपत्ती कोष ३२.११ प््रतिशत बढेर १२ करोड ९३ लाख ५४ हजार रुपैयाँ सञ्चित छ ।

चालु आवको ६ महिनामा कम्पनीको प्रति सेयर आम्दानी वार्षिक १५ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ ४०१ रुपैयाँ ८६ पैसा रहेको छ ।

कम्पनीले पुसससम्म ३६ लाख ७६ हजार ४१ वटा बीमालेख जारी गरी १ अर्ब ७८ करोड ६५ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा इन्स्योरेन्सले २ हजार १४३ वटा बीमा दाबी वापत ५७ करोड ५ लाख ७४ हजार रूपैयाँ भुक्तानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।