सनराइज फोकस्ड फन्डको इकाइ बाँडफाँड, योजना आकार एक अर्ब कायम

0
Shares

सामुहिक लगानी कोष योजना सनराइज फोकिस्ड इक्वीटी फन्डको इकाई बाँडफाँड भएको छ ।

सनराइज बैंक लिमिटेड कोष प्रवद्र्धक र सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सनराइज सामुहिक लगानी कोष अन्तर्गत सञ्चालनमा आएको उक्त फन्ड माघ २७ गतेका दिन बाँडफाँड गरिएको हो ।

इकाई खरिदका लागि निर्धारित समयावधिमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक प्राप्त भएको आवेदनलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड गरिएको हो । बीज पूँजी सहित कुल २९ हजार ९०३ वटा आवेदनहरुबाट १० करोड इकाई खरिदका लागि आवेदन प्राप्त हुन आएको थियो । सोही अनुसार इकाई बाँडफाँड गरिएको हो ।

सनराइज क्यापिटलका अनुसार सनराइज फोकस्ड इक्विटी फण्ड योजनाको एक अर्ब कायम गरिएको छ । बन्दमुखी योजना सनराइज फोकिस्ड इक्वीटी फण्ड स्कीमको कूल १२ करोड इकाई जारी भएकोमा १० करोड २० लाख इकाई खरिदका लागि सर्वसाधारणहरुबाट आवेदन माग गरिएको थियो । फन्डको बिक्री १० माघदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

इकाई बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाईट तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्धारा सञ्चालित  वेवसाइटबाट हेर्न सकिने योजना व्यवस्थापकले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।