शनिबार वित्तीय विवरण सार्वजनिक गरेका ७ लघुवित्तको यस्तो छ प्रगति विवरण

0
Shares

शनिबार वित्तीय विवरण सार्वजनिक गरेका ७ लघुवित्तमध्ये ६ कम्पनीको खुद नाफा गत आवको यसै अवधिको तुलनामा घटेको छ ।

आज ग्लोबल आइएमई लघुवित्त, इन्फिनिटी लघुवित्त, महुली लघुवित्त, नाडेप लघुवित्त, समता घरेलु लघुवित्त, समीट लघुवित्त र विन नेपाल लघुवित्तले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । जसमा नाडेप लघुवित्तको खुद नाफा ९३.५६ प्रतिशतले बढेको छ भने बाँकी सबैको घटेको छ ।

समीक्षा अवधिमा विन नेपाल लघुवित्तको खुद नाफा सर्वाधिक ७२९ प्रतिशतले घट्दा महुली लघुवित्त ५४, समीट लघुवित्त र ग्लोबल आइएमई लघुवित्त ५३, इन्फिनिटी लघुवित्त ५० र समता घरेलु लघुवित्तको १९ प्रतिशतभन्दा धेरैले खुद नाफा घटेको हो ।

पुससम्म ग्लोबल आइएमई लघुवित्तले ६ करोड ५१ लाख ४४ हजार रुपैयाँ, इन्फिनिटी लघुवित्तले ४ करोड १० लाख ९९ हजार, महुली लघुवित्तले २ करोड ६४ लाख ९९ हजार, नाडेप लघुवित्तले १ करोड ८० लाख २९ हजार, समता घरेलु लघुवित्तले २ करोड ८५ लाख ९७ हजार, समीट लघुवित्तले ३ करोड ८८ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा यस अवधिमा १७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको विन नेपाल लघुवित्तले १ करोड ९ लाख ७१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

Microfinance

Net profit in ‘000 (2079 Q2)

Net profit in ‘000(2078 Q2) Change % NPL% 2079 Q2 NPL% 2078 Q2 Change point
Global IME Laghubitta (GILB) 65144.595 139978.425 -53.46 3.84 1.95 1.89
Infinity Laghubitta (ILBS) 41099.271 82671.883 -50.29 4.95 3.92 1.03
Mahuli Laghubitta (MSLB) 26498.988 58574.563 -54.76 4.79 2.59 2.2
Nadep Laghubitta (NADEP) 18029.603 9314.691 93.56 7.45 6.2 1.25
Samata Gharelu Laghubitta (SMATA) 28597.050 35527.390 -19.51 4.57 2.09 2.48
Summit Laghubitta(SMFDB) 38858.130 83532.950 -53.48 2.56 2.35 0.21
WEAN Nepal Laghubitta(WNLB) -10971.660 1744.200 -729.04 7.54 4.89 2.65

 

सबै लघुवित्तको खराब कर्जा बढ्यो

२०७८ पुसको तुलनामा सबै लघुवित्तको खराब कर्जा बढेको छ । विन नेपाल लघुवित्तको सबैभन्दा धेरै २.६५ प्रतिशत बिन्दुले बढेर ७.५४ प्रतिशत पुगेको छ । यस अवधिमा नाडेप लघुवित्तको खराब कर्जा राष्ट्र बैंकले तोकेको ५ प्रतिशतको सीमाभन्दा २ प्रतिशत धेरै रहेको छ । नाडेपको कुल कर्जा लगानीको १.२५ प्रतिशत बिन्दुले बढेर ७.४५ प्रतिशतमा पुगेको छ ।

समीक्षा अवधिमा समता घरेलु लघुवित्तको २.८९ प्रतिशत, महुलीको २.२० प्रतिशत, ग्लोबल आइएमई १.८९, इन्फिनिटी १.०३ र समीट लघुवित्तको ०.२१ प्रतिशत बिन्दुले खराब कर्जा बढेको हो ।

चुक्ता पुँजी

यस अवधिमा दुई लघुवित्तको मात्र पुँजी बढेको छ । नाडेपको २० र विन नेपालको ४.१० प्रतिशतले पुँजी बढेको हो । अन्यको स्थीर रहेको छ । गत आवको लाभांश प्रस्तावमा ढिलाई भएपछि दोस्रो त्रैमासमा पनि अघिल्लो आवकै पुँजी कायम भएको हो । पुँजी बढेका लघुवित्तले पनि अघिल्लो आवमा बोनस पुँजीकरण नगरेका कारण वृद्धि भएको हो ।

ग्लोबल आइएमई लघुवित्तको चुक्ता पुँजी सबैभन्दा धेरै ५५ करोड माथि रहेको छ भने विन नेपालको पुँजी सबैभन्दा कम ७ करोड ९२ लाख मात्र छ ।

Microfinance Paid up in ‘000 (2079 Q2) Paid up  in ‘000 (2078 Q2) Change % Reserve in ‘000 (2079 Q2) Reserve  in ‘000 (2078 Q2) Change %
Global IME Laghubitta (GILB) 552589.326 552589.326 0.00 675833.818 402942.09 67.72
Infinity Laghubitta (ILBS) 414513.285 414513.285 0.00 287249.338 226758.391 26.68
Mahuli Laghubitta (MSLB) 282169.440 282169.440 0.00 308937.975 283246.493 9.07
Nadep Laghubitta (NADEP) 485760.000 404800.000 20.00 396246.53 470887.055 -15.85
Samata Gharelu Laghubitta (SMATA) 342744.190 342744.190 0.00 263844.25 144831.32 82.17
Summit Laghubitta(SMFDB) 494000.000 494000.000 0.00 292113.09 191476.97 52.56
WEAN Nepal Laghubitta(WNLB) 79211.300 76095.000 4.10 12979.32 21559.09 -39.80

 

जगेडा कोष

चलु आवको पुस मसान्तसम्ममा नाडेप र विनको जगेडा कोष घटेको छ । यी लघुवित्तको क्रमशः १५ र३९ प्रतिशत धेरैले जगेडा कोष घटेको हो ।
समता घरेलु लघुवित्तको सर्वाधिक ८२ प्रतिशतले बढेर जगेडा कोषको आकार २६ करोड ३८ लाख रुपेयाँ पुगेको छ । ग्लोबल आइएमई लघुवित्तको जगेडा कोषमा सबैभन्दा धेरै ६७ करोड ५८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीके जगेडा कोष ६७ प्रतिशत धेरैले बढेको हो ।

महुली बाहेक सबैको खुद ब्याज आम्दानीमा गिरावट

समीक्षा अवधिमा महुली लघुवित्त बाहेक सबैको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । महुलीको ३.५३ प्रथितशतले बढेर १५ करोड ९९ लाख पुगेको हो । विन नेपाल लघुवित्तको सर्वाधिक ६३ प्रतिशत घटेर ८६ लाखमा सीमित भएको छ । यस अवधिमा ग्लोबल आइएमई लघुवित्तले सबैभन्दा धेरै २५ करोड ९१ लख खुद ब्याज आम्दानी गरेको छ ।

Microfinance Net Int. Income  in ‘000 (2079 Q2) Net Int. Incomein ‘000 (2078 Q2) Change % Operating  Profit in ‘000 (2079 Q2) Operating  Profit in ‘000 (2078 Q2) Change %
Global IME Laghubitta (GILB) 259170.083 293114.256 -11.58 93201.87 203810.645 -54.27
Infinity Laghubitta (ILBS) 152751.335 174833.088 -12.63 58713.244 118102.689 -50.29
Mahuli Laghubitta (MSLB) 159964.349 154508.866 3.53 37855.697 83677.948 -54.76
Nadep Laghubitta (NADEP) 162817.686 176901.070 -7.96 24258.25 10631.834 128.17
Samata Gharelu Laghubitta (SMATA) 98385.460 117144.330 -16.01 45392.15 56392.69 -19.51
Summit Laghubitta(SMFDB) 144733.040 179502.730 -19.37 61679.58 132591.99 -53.48
WEAN Nepal Laghubitta(WNLB) 8668.280 23397.860 -62.95 -46667.03 27523.14 -269.56

 

नाडेपको मात्र बढ्यो सञ्चालन नाफा

अघिल्लो पुसको तुलनामा नाडेप लघुवित्तको मात्र सञ्चालन नाफा १२८ प्रतिशतले बढेको छ । अघिल्लो पुसमा सञ्चालन नाफा १ करोड ६ लाख रहेकोमा बढेर २ करोड ४२लाख माथि पुगेको छ ।

पुसससम्ममा विनको सञ्चालन नाफा २६९ प्रतिशत घटेर ४ करोड ६६ लाख नोक्सानीमा पुगेको छ । ग्लोबल आइएमई, इन्फिनिटी, महुली र समीटको सञ्चालन नाफा अघिल्लो पुसको तुलनामा ५० प्रतिशतभन्दा धेरै घटेको हो ।

नाडेपको मात्र बढ्यो इपीएस, ग्लोबल आइएमईको सबैभन्दा धेरै

पुससम्मको तथ्याङ्कका आधारमा नाडेप लघुवित्तको मात्र वार्षिक प्रथिसेयर आम्दानी (इपीएस) बढको छ । अघिल्लो पुसमा ४ रुपेयाँ ६० पैसा रहेको कम्पनीको इपीएस १४ रुपैयाँ ८५ पैसा कायम भएको हो ।

यस अवधिमा ग्लोबल आइएमईको इपीएस सबैभन्दा धेरै २३ रुपैयाँ ५८ पैसा रहेको छ । यद्यपी कम्पनीको इपीएस अघिल्लो पुसमा ५० रुपैयाँ ६६ पैसा रहेकोमा समीक्षा अवधिमा २७ रुपैयाँ ८ पैसा घटेको हो ।

विनको इपीएस ३२ रुपैयाँ २८ पैसा घटेर २७ रुपैयाँ ७० पैसा ऋणात्मक बनेको छ ।

Microfinance  EPS (2079 Q2) EPS (2078 Q2) Change RS Networth (2079Q2) Networth (2078Q2) Change Rs
Global IME Laghubitta (GILB) 23.58 50.66 -27.08 222.30 166.13 56.17
Infinity Laghubitta (ILBS) 19.83 39.89 -20.06 169.30 187.55 -18.25
Mahuli Laghubitta (MSLB) 18.78 41.52 -22.74 209.49 186.87 22.62
Nadep Laghubitta (NADEP) 14.85 4.60 10.25 173.33 183.46 -10.13
Samata Gharelu Laghubitta (SMATA) 16.69 20.73 -4.04 176.98 146.25 30.73
Summit Laghubitta(SMFDB) 15.74 33.82 -18.08 159.13 139.07 20.06
WEAN Nepal Laghubitta(WNLB) -27.70 4.58 -32.28 130.24 128.33 1.91

 

इन्फिनिटी र नाडेपको नेटवर्थ घट्यो

गत आवको पुस मसान्तको तुलनामा इन्फिनिटी र नाडेपको प्रतिसेयर नेटवर्थ घटेको छ । समीक्षा अवधिमा इन्फिनिटी लघुवित्तको १८ रुपैयाँ २५ पैसा घटेर १६९ रुपैयाँ ३० पैसा र नाडेपको प्रतिसेयर नेटवर्थ १० रुपैयाँ १३ पैसाले घटेर १७३ रुपैयाँ ३३ पैसामा झरेको हो ।

ग्लोबल आइएमईको प्रतिसेयर नेटवर्थ ५६ रुपैयाँ १७ पैसा बढेर २२२ रुपैयाँ ३० पैसा कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।