शिखर इन्स्योरेन्सको दोस्रो त्रैमासमा कस्तो छ प्रगति ?

0
Shares

चालु आवको दोस्रो त्रैमास अर्थात २०७९ पुससम्मममा शिखर इन्स्योरेन्सको खुद नाफा सामान्य घट्दा र खुद बीमाशुल्क सामान्य मात्र बढेको छ ।

शनिबार प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २४ करोड ३० लाख १० हजार रुपैयाँबाट ०.९५ प्रतिशत घटेर २४ करोड ७ लाख ४ हजारमा झरेको हो ।

कम्पनीले पुससम्म ७७ करोड ५ लाख ८८ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा खुद बीमाशुल्क ७६ करोड २२ लाख ५५ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खुद बीमाशुल्क संकलन १.०९ प्रतिशत बढेको हो ।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशन वापत ३४ करोड ६१ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ३२ करोड ५ लाख ८८ हजार रुपैयाँ थियो ।

चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ रहेको यस इन्स्योरेन्सको वार्षिक प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६ पैसा कायम भएको छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ २१५ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात ४३.४९ गुणा छ ।

कम्पनीको जगेडा कोषको आकार ६९ करोड ३५ लाख ५१ हजारबाट बढेर ८१ करोड ७५ हजार रुपैयाँ सञ्चित छ । त्यस्तै, इन्स्योरेन्सको बीमा कोष १ अर्ब ४१ करोड ६६ लाखबाट बढेर १ अर्ब ५१ करोड १९ लाख रुपैयाँ र महाविपत्ती कोष १३ करोड २८ लाख ८१ हजारबाट घटेर १३ करोड ८ लाख ९० हजार रुपैयाँ सञ्चित भएको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब २१ करेड रुपैयाँ दीर्घकालीन कर्जा, ३ अर्ब ३८ करोड ४१ लाख अल्पकालीन कर्जा लगानी गरेको छ । कम्पनीले लगानी कर्जा तथा अन्यबाट १३ करोड १७ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले १ लाख २४ हजार ८७५ वटा बीमालेख जारी गरेकोमा ४२ हजार ९९ वटा नवीकरण भएका छन् । कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब ६५ करोड २३ लाख छ । पुससम्म कम्पनीले १२ हजार ५६० वटा दाबीमा १ अर्ब १९ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १५ हजार १०९ वटा दाबीको २ अर्ब २४ करोड ७२ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको छ ।

गत आवको पुसमा कम्पनीले १ लाख २१ हजार ६६९ वटा बीमालेख जारी गरेकोमा ३६ हजार २३७ वटा नवीकरण भएका थिए । कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब ३५ करोड ८० लाख थियो । गत पुससम्म कम्पनीले ७ हजार १५१ वटा दाबीमा ८५ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेको थियो भने १५ हजार ३४६ वटा दाबीको २ अर्ब ६० करोड ८८ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।