राष्ट्रिय बीमा कम्पनीको नाफा ९२ प्रतिशत बढ्यो, अधिकांश सूचकमा छलाङ

0
Shares

राष्ट्रिय बीमा कम्पनीले ९२.५७ प्रतितशले खुद नाफा बढाउँदै आर्थिक वर्ष २०७९।८० को पुस मसान्तसम्ममा ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ४३ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा छलाङ मारेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले करोड १२ करोड ८८ लाख ८९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा बढेर २१ करोड २१ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६४.६० प्रतिशतले बढी हो ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ भएको कम्पनीको प्रति सेयर आम्दानी २८० रुपैयाँ ६७ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ हजार ४३९ रुपैयाँ ७७ पैसा रहेको छ । जगेडा कोषको आकार ३ अर्ब २४ करोड ५६ लाखबाट १० प्रतिशत बढेर ३ अर्ब ५७ करोड २३ लाख रुपैयाँ सञ्चित भएको छ ।

कम्पनीको बीमा कोषमा २ अर्ब ८५ करोड ४० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब ५२ करोड ७३ लाख रहेकोमा १३ प्रतिशतले बढोत्तरी भएको हो ।  यस अवधिमा कम्पनीले १ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ दीर्घकालीन कर्जा, ६ अर्ब ७ करोड रुपैयाँ अल्पकालीन कर्जा लगानी गरेको छ । कम्पनीले लगानी कर्जा तथा अन्यबाट ११ करोड ९९ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको पुर्नबीमा कमिसन आय भने ९ करोड ९५ लाखबाट घटेर ९ करोड ४६ लाख १९ हजारमा खुम्चिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ९२ लाख ३६ हजार रुपैयाँ मात्रै खुद दाबी भुक्तानी गरेको कम्पनीले यस अवधिमा ३ करोड ३९ लाख ९७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
पुससम्म कम्पनीको ४५९ वटा दाबी वापत ६ करोड ८३ लाख ८८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २३ करोड ६ लाख २८ हजार रुपैयाँ कुल दाबी भुक्ता गरेको थियो ।

कम्पनीले कुल २४ हजार ८५१ वटा बीमालेख बिक्री गरेकोमा १० हजार ५ वटा नवीकरण भएका छन् । गत आवको सोही अवधिमा कुल १४ हजार ८५९ वटा बीमालेख बिक्री गरेकोमा ४ हजार ७७८ वटा नवीकरण भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।