पोखराको लेकसाइडमा आगलागी


पोखरा महानगरपालिका–६ लेकसाइडको हल्लनचोकमा आगलागी भएको छ ।

हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो । आज ४स्३५ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको र अझै नियन्त्रणमा लिन नसकिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणका लागि वारुणयन्त्रसहित सुरक्षाकर्मी र स्थानीय लागिपरे पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैंङ्कको शाखासहित विभिन्न बैँक तथा वित्तिय संस्थाका एटिएम मेसिन समेत छन् । सेलवेजमा आगलागीपछिसँगैका पसलहरूबाट व्यापारीहरूले सामान बाहिर निकालिरहेका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।