तीन कम्पनीको समायोजित मूल्यमा आज कारोबार खुल्ने

0
Shares

तीन कम्पनीको बोनसमा सेयर मूल्य समायोजपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार समायोजित मूल्यमा कारोबार खुल्दैछ ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स र ज्योति विकास बैंकको सेयरमूल्य समायोजनपछि आजदेखि कारोबार खुल्न लागेको हो । नेप्सेले बिहीबार तीनवटै कम्पनीको सेयरमूल्य समायोजन गरेको थियो ।

नेप्सेले सगरमाथा इन्स्योरेन्सको १२.४० प्रतिशत बोनसपछि प्रतिकित्ता ७११ रुपैयाँ ५७ पैसा समायोजित सेयरमूल्य निर्धारण गरेको छ । बिहीबार कम्पनीको सेयर अन्तिम पटक ७९९ रुपैयाँ ८० पैसामा कारोबार भइ बन्द भएको थियो ।

यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको ६.९९ प्रतिशत बोनसपछि प्रतिकित्ता ५३१ रुपैयाँ ८३ पैसा समायोजित सेयरमूल्य निर्धारण गरेको छ । कम्पनीको सेयर अन्तिम पटक ५६९ रुपैयाँमा बिहीबार कारोबार भइ बन्द भएको थियो ।

यस्तै ज्योति विकास बैंकको ३ प्रतिशत बोनसपछि प्रतिकित्ता ३०६ रुपैयाँ ८० पैसासमायोजित सेयरमूल्य निर्धारण गरिएको छ । बैंकको सेयर बिहीबार अन्तिम पटक ३१६ रुपैयामा खरिद बिक्री भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।