एचआईडिसीएलको नाफा ४९ प्रतिशत बढ्यो

0
Shares

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६७ करोड ५२ लाख ६०रुपैयाँ खुद नाफा गरेको छ ।

गत आवको यसै अवधिसम्म ४५ करोड ३६ लाख ४४ हजार खुद नाफा गरेको कम्पनीको नाफा चालु आवको पुससम्ममा ४८.८५ प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी २१ अर्ब २७ करोड ६२ लाख ६८ हजार रुपैयाँ कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ६ रुपैयाँ ३५ पैसा र प्रति सेयर नेटवर्थ १०५ रुपैयाँ ६६ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३४.०२ प्रतिशत रहेको छ ।

चालु आवको ६ महिनामा कम्पनीले ६९ करोड ४७ लाख २२ हजार रुपैयाँभन्दा धेरै वित्तीय आम्दानी गरेकोमा ४८ प्रतिशतले बढेर १ अर्ब २ करोड ९९ लाख आम्दानी गरेको छ । यस्तै कम्पनीले १ करोड ३३ लाख ६० हजार रुपैयाँ लाभांशबाट आम्दानी गरेको छ । जुन २४ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले १ करोड ७ लाख ७३ हजार रुपैयाँ लाभांशबाट आम्दानी गरेको थियो ।

कम्पनीको कुल सम्पत्ति २३ अर्ब २१ करोडबाट बढेर २४ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष १४ प्रतिशत घटेर २ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ४८.८६ प्रतिशत र लाभांश आम्दानी २४.०१ प्रतिशत बढेको हो । कम्पनीले जलविद्युत परियोजनामा प्रवाह गरेको कर्जाको ब्याजदर तथा मुद्दती निक्षेपको ब्याजदर बढेको हुनाले नाफामा वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ रुपैयाँ ८५ पैसा रहेको कम्पनीको प्रति सेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ६ रुपैयाँ ३५ पैसा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।