एनएलजी इन्स्योरेन्सको कस्तो छ प्रगति ?

0
Shares

एनएलजी इन्स्योरेन्सले ६.२३ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ६६ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १० करोड २९ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा कम्पनीको खुद बीमाशुल्क ४२ करोड ७१ लाख रुपैयाँबाट २.८६ प्रतिशतले बढेर पुससम्ममा ४३ करोड ९३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले पुनर्बीमा कमिशन बापत १७ करोड ५५ लाख २६ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट २ करोड ८५ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी दश प्रतिशत बोनसले बढाएपछि १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १६ रुपैयाँ ८ पैसा कायम भएको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ४२.४१ गुणा छ ।

कम्पनीको जगेडा कोषको आकार ६.६४ प्रतिशत घटेर ३४ करोड १६ लाखमा खुम्चिएको छ । यस्तै बीमा कोष ११.७५ प्रतिशत बढेर १ अर्ब २० करोड २९ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ती कोष २२ प्रतिशत बढेर ६ करोड २५ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले ५३ करोड ७ लाख रुपैयाँ दीर्घकालीन कर्जा, १ अर्ब ७१ करोड २२ लाख रुपैयाँ अल्पकालीन कर्जा लगानी गरेको छ । कम्पनीले लगानी कर्जा तथा अन्यबाट ८ करोड २२ लाख ८९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

पुससम्म कम्पनीले १ लाख ६५३ वटा बीमालेख जारी गरेकोमा २५ हजार ४०६ वटा नवीकरण भएका छन् । कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब २० करोड ३८ लाख ४७ हजार रुपैयाँ छ । पुससम्म कम्पनीले ४ हजार ६४५ वटा दाबीमा १ अर्ब १७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार १८५ वटा दाबीको १ अर्ब ७ करोड ५६ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको छ ।

गत आवको पुसमा कम्पनीले १ लाख१४ हजार ६५१ वटा बीमालेख जारी गरेकोमा २४ हजार ७८८ वटा नवीकरण भएका थिए । सो अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब २० करोड ४ लाख थियो । गत पुससम्म कम्पनीले ५ हजार २४० वटा दाबीमा ६८ करोड ४ लाख ९८ हजार रुपैयाँ भुक्तानी गरेको थियो भने ७ हजार २२० वटा दाबीको १ अर्ब ७३ करोड २९ लाख ६३ हजार रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।