प्राइम लाइफको खुद बीमा शुल्क २ अर्ब २३ करोड माथि

0
Shares

व्यवसायीक घराना खेतान ग्रुपको लगानी रहेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्ममा २ अर्ब २३ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.४८ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३२ करोड २ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १७ करोड ४७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ४२ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको छ भने खुद दाबी भुक्तानी गत आर्थिक वर्षको तुलनामा बढेको छ । कम्पनीले पुसससम्म ६२ करोड ३१ लाख ७२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५६ अर्ब ४ करोड ५३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष २५ प्रतिशत बढेर २० अर्ब ७६ करोड ५५ लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष कम्पनीको जीवन बीमा कोषमा १६ अर्ब ६१ करोड रुपैयाँ थियो । यस्तै महाविपत्ती कोष ११ प्रतिशत बढेर १९ करोड ४४ लाख ९ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी ३ अर्ब १४ करोड रुपैयाँ भएको कम्पनीको प्रति सेयर आम्दानी ११ रुपैयाँ १३ पैसा र प्रति सेयर नेटवर्थ ११५ रुपैयाँ ५० पैसा रहेको छ । जगेडा कोष ४९ करोड १७ लाख ६६ हजार रुपैयाँबाट २९ करोड २२ लाख ९५ हजार रुपैयाँ सञ्चिती रहेको छ ।

पुससम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या २ लाख १९ हजार ८२८ रहेको छ भने कुल बीमाशुल्क संकलन २ अर्ब २६ करोड ५५ लाख ८७ हजार रुपैयाँ रहेको छ । कुल बीमाशुल्क संकलन हालसम्म २९ अर्ब ४५ करोड १५ लाख ११ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले १ हजार ९२९ वटा दाबी भुक्तानी वापत ६४ करोड ८ लाख ३ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ७६ वटा दाबीको ४ करोड ५२ लाख ५७ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।