चेम्बरद्वारा टर्कीका भूकम्प पीडितलाई सहयोग


नेपाल चेम्बर अफ कमर्सले टर्कीका भूकम्प पीडितलाई राहत सामाग्री सहयोग गरेको छ ।
चेम्बरले गृहमन्त्रालय मार्फत सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।

टर्कीमा गएको महाभुकम्पका कारण प्रभावित भएका नागरिकहरुलाई मानवीय सहायता स्वरुप चेम्बरले अक्सिजन कन्सन्ट्रेटर र पस्मिनाका सामाग्रीहरु सहयोग गरेको हो ।

टर्कीका प्रभावित नागरिकका लागि ५ सय थान पस्मिनाका बस्तु र अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

नेपालमा २०७२ सालको बिनासकारी भूकम्प जाँदा टर्कीले पनि राहत सामाग्री उपलव्ध गराएको स्मरण गर्दै अध्यक्ष मल्लले प्राकृतिक विपदमा एक अर्का देशका नागरिकलाई मानवीय दृष्टिकोणले सहयोग गर्नुपर्ने बताए ।

परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यकता अनुसार नेपालीहरुलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ ।

चेम्बर अफ कसर्सले यस अघि अफगानस्तानमा पनि मानवीय सहायता अन्तर्गत आर्थिक सहयोग गरेको थियो । परराष्ट्रमन्त्रालयको समन्वयमा चेम्बर अध्यक्ष मल्ल सहितको टोलीले अफगानस्तानमा नै पुगेर सहयोग सामाग्री हस्तान्तरण गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।