हुण्डाईको विद्युतिय गाडी खरिद गर्दा उपहार पाइने


नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले हुण्डाईका विद्युतीय सवारी साधनको खरिदमा उपहार योजना सार्वजनिक गरेको छ ।

हुण्डाईका आयोनिक ५ तथा कोना मोडलका विद्युतीय सवारी साधनको खरिदमा बोस ब्राण्डको वासिङ मेसिन उपहार स्वरुप प्रदान गर्ने भएको हो ।
वान मोर रिजन टू गो इलेक्ट्रिक भन्ने नारा सहित नयाँ अफर सुरु गरिएको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

हुण्डाइको कोना तथा आयोनिक ५ नेपालको विद्युतिय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा पर्छन् भने दुवै उत्पादनहरुले ग्राहकहरुको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुण्डाईको विश्वसनीयताले कोना तथा आयोपनक ५ विद्युतीय गाडीको पर्यायवाची बनेको कम्पनीको दाबी छ ।

विद्युतिय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आक्रामक रूपमा चार्जिङ्ग स्टेसनहरुको निर्माण गरिरहेको छ । विद्युतिय गाडीको विक्री वितरणमा हुण्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथली स्थित नेपालको एक मात्र विद्युतिय गाडीको एक्सक्लुसिभ शोरूम संचालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।