जनउत्थान लघुवित्तको घट्यो लाभांश

0
Shares

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले घटाएर गत आर्थिक वर्ष २०७८/७९ बाट लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आवको तुलनामा लघुवित्तले १०.५३ प्रतिशत कम लाभांश बाँड्ने भएको हो ।

माघ २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अघिल्लो आव २०७८/७९ बाट कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.३१५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

गत आर्थिक वर्ष २०७८/७९ बाट प्रस्ताव भएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।