दुई हजार एक सय बिन्दुमुनि झर्‍यो नेप्से, कारोबारमा अपि पावर अगाडि

0
Shares

सेयर बजार सूचक नेप्से बुधबार पुनः २ हजार १०० बिन्दुमुनी झरेको छ । बुधबार नेप्से परिसूचक १३.९० अंक घटेर २०९१ दशमलव ५६ बिन्दुमा झरेको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि लगानीकर्ताहरुमा सेयर बजारप्रतिको विश्वास कमजोर बनेको छ । राष्ट् रबैंकले अघिल्लो साता सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले उनीहरुका अपेक्षित माग पूरा गर्न सकेन । यसबाट निराश बनेका उनीहरुमा बिग्रदो राजनीतिक वातावरण तथा फूटको संघारमा रहेको वर्तमान सत्ता गठबन्धनका कारण थप सशंय पैदा भएको देखिन्छ ।

यसले ओरालो लागेको नेप्सेमा निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो । त्यसपछिका तीनवटै कारोबार दिनमा नेप्से ऋणात्मक बनेको छ ।  बुधबार २५६ कम्पनीका ४८ लाख १५ हजार कित्ता सेयर ३३ हजार ४८३ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ७३ करोड २५ लाख ७५ हजार रुपैयाँमा समेटिएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह बाहेक अरु सबै १२ वटै घटेको छ । उत्पादन तथा प्रशोधन ०.९० प्रतिशत बढेको छ भने होटल तथा पर्यटन १.२४ प्रतिशत घटेको छ । अन्य र जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।

आज अपि पावर कम्पनी कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । लघुवित्तको ६ करोड २० लाख रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको छ । अरुण काबेली पावरको ५ करोड ४८ लाख, एनआईसी एशिया बैंक ४ करोड ६९ लाख, हिमालयन डिष्टिलरी ३ करोड ७८ लाख र ङादी ग्रुप पावरको ३ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशत बढेर २२ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी बाराही हाइड्रोपावर ७.५०, कर्पोरेट डेभलपमेन्ट बैंक ४.१७, अरुण भ्याली ४.०१, र अरुण काबेली पावरको २.९९ प्रतिशतभन्दा बढी सेयरमूल्य बढेका छन् ।

गरिमा डिबेञ्चर २०८५ को इकाईमूल्य आज ९.९७ प्रतिशतले घटेर ७८७ रुपैयाँमा झरेको छ । लाभांशको सूचना १६ दिन ढिला सार्वजनिक गरेर कारवाही भोगी सेयर रोक्का भई आजैदेखि खुला भएको विजय लघुवित्तको सेयर मूल्य ४.७६ प्रतिशतले घटेको छ । महुली लघुवित्तको सेयरमूल्य ४.४८ प्रतिशत, पन्चकन्या माई ३.५० र नेपाल इन्स्योरेन्सको ३.४६ प्रतिशतले मूल्य घटेको छ ।

बुधबार कुल बजार पूँजीकरण ३० खर्ब १८ अर्ब २३ करोड ३४ लाख ४२ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।