सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तिँदै

0
Shares

सुनको भाउ बिहीबार तोलामा ६०० रुपैयाँले घटेको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजावी सुन १ लाख २ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार सुन तोलामा २०० रुपैयाँले सस्तिएर छापावाल सुन १ लाख ३ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २८५ रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा घटबढ हुने सुन र चाँदीको भाउका आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८३९ अमेरिकी डलर र चाँदी प्रतिऔंस २१.७३ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।