दुई कम्पनीको कुल १ करोड ११ लाख कित्ता बोनस नेप्सेमा सुचीकृत

0
Shares

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको कुल १ करोड ११ लाख ३४ हजार ९७० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार हिमालयन बैंकको चुक्ता पुँजीको ८ प्रतिशत र राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

हिमालयन बैंकले गत आवको नाफाबाट प्रस्तावित चुक्ता पुँजीको ८ प्रतिशत दरका कुल १ करोड ३ लाख ७४ हजार ९८० कित्ता सेयर पुस २८ गते सम्पन्न ३० औं वार्षिक साधारण सभाले अनुमोदन गरेको थियो । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १८ गते सोमबार बुकक्लोज गरेको थियो ।

यस्तै राधी विद्युत कम्पनीले पनि चुक्ता पुँजीको ४.७५ प्रतिशत दरका कुल ७ लाख ५९ हजार ९९० कित्ता सेयर पुस २८ गते सम्पन्न ७ औं वार्षिक साधारण सभाले अनुमोदन गरेको थियो । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुधबार बुकक्लोज गरेको थियो ।

शुक्रबार सूचीकृत बोनस सेयर साधारण सभाका लागि गरिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम सम्बन्धित कम्पनीका सेयरधनीहरुले मात्र पाउनेछन् । उक्त बोनस डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार (खरिद–बिक्री) गर्न सकिनेछ ।

हिमालयन बैंकले यहि फागुन १२ गते शुक्रबारदेखि सिभिल बैंकलाई ८०.२८ स्वाप रेसियोमा प्राप्ती गरेर एकीकृत कारोबार समेत थाल्दैछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।