सेबोनले दियो दुई अर्ब २० करोडको म्युचुअल फन्डको इकाई बिक्री अनुमति

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) दुई अर्ब बीस करोड मूल्यको सामुहिक लगानी कोषको इकाई बिक्रीको लागि अनुमति दिएको छ ।

सेबोनले क्यापिटलाई प्रतिइकाई दशरुपैयाँ अंकित दरमा २२ करोड इकाई बिक्रीका लागि फागुन ३ गते बुधबार अनुमति दिएको हो । अनुमति पाउनेमा सिद्धार्थ क्यापिटल लिमिटेड र कुमारी क्यापिटल लिमिटेड रहेका छन् ।

बोर्डले सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालनमा आउने एक अर्ब २० करोडको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्राथ स्कीम–३’ र कुमारी क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालनमा आउने एक अर्ब आकारको ‘कुमारी सुनौलो योजना’ नामक सामुहिक लगानी कोष योजनालाई इकाई बिक्रीको लागि अनुमति प्रदान गरेको हो ।

सेबोनबाट अनुमति पाएका दुबै क्यापिटलले अगामी दुई महिनाभित्रमा फन्डको इकाई बिक्री ल्याउनेछन् । हाल सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा एक खुलामुखी र दुई वटा बन्दमुखी गरी कुल तीन वटा र कुमारी क्यापिटलको योजना व्यवस्थापनमा २ वटा बन्दमुखी योजना सञ्चालनमा रहेका छन्

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।