बिपिडब्लु लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन


बिपिडब्लु लघुवित्तकोे आइपीओ भर्ने आज (फागुन ८ गते) अन्तिम दिन हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणमा निष्कासन भएको सेयरको १० प्रतिशतले हुन आउने ९७ हजार रुपैयाँ बराबरको ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको हो ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर सफ्टवेयर, मेरो सेयर मोबाइल एप तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिनसक्ने बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज (सोमबार) बिहान १०ः१५ सम्म १६ हजार ४९ आवेदन मार्फत ४ लाख १३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीहरु दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।