आइतबार ७०० रुपैयाँले बढेको सुन सोमबार स्थिर


सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर बनेको छ । आइतबार ७०० रुपैयाँले बढेको सुन सोेमबार भने स्थिर रहेको हो ।

आज चाँदीको भाउ पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन भने १ लाख २ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै आइतबार १५ रुपैयाँले बढेको चाँदी पनि आज स्थिर बनेको हो । महासंघका अनुसार चाँदी आज तोलाको १ हजार २९० रुपैयाँ कामय गरिएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४१ र चाँदी प्रतिऔंस २१।७३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।