तीन कम्पनीको सेयर मूल्य समायोजन

0
Shares

तीन कम्पनीको सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ तीनवटै कम्पनीले तोकेका बुकक्लोजका आधारमा नेप्सेले बोनसमा सेयरमूल्य समायोजन गरेको हो ।

स्वावलम्बन लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र ङादी ग्रुप पावरको सोमबार सेयरमूल्य समायोजन भएको हो ।

स्वावलम्बन लघुुवित्त

प्रस्तावित बोनस सेयरः १५ प्रतिशत
समायोजि सेयरमूल्यः ९८२ रुपैयाँ ६१ पैसा
अन्तिम कारोबार मूल्यः ११३० रुपैयाँ

कर्पोरेट डेभलपमेन्ट बैंक

प्रस्तावित बोनस सेयरः ५ प्रतिशत
समायोजि सेयरमूल्यः ३१० रुपैयाँ ४८ पैसा
अन्तिम कारोबार मूल्यः ३२६ रुपैयाँ

ङादी ग्रुप पावर

प्रस्तावित बोनस सेयरः ४.७५ प्रतिशत
समायोजि सेयरमूल्यः २६३ रुपैयाँ ४८ पैसा
अन्तिम कारोबार मूल्यः २७६ रुपैयाँ

बोनस सेयर समायोजनपछि सोमबार निर्धारण भएको मूल्यलाई आधार मानेर तीनवटै कम्पनीको धितोपत्रको दोस्रो बजारमा बुधबार कारोबार खुल्नेछ । मंगबलार ग्याल्पो ल्होसारको सार्वजनिक विदा रहेकाले सेयर कारोबार बन्द रहनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।