पन्ध्र अर्ब मूल्यको दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

0
Shares

पन्ध्र अर्ब मूल्य बराबरको सरकारी ऋणपत्र सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको दुई वटा विकास ऋणपत्रहरु सोमबार सूचीकृत भएको हो ।

केन्द्रीय बैंकले निष्कासन गरेकाे पाँच वर्षे अवधिको २०८४ ‘झ’ र पाँच वर्ष नै अवधि रहेको २०८४ ‘ञ’ नामक ऋणपत्र आज सूचीकरण गरेको हो । कुल ८ अर्ब रुपैयाँ बराबरको २०८४ ‘झ नामक विकास ऋणपत्रको ९.५० प्रतिशत ब्याजदर रहेको छ ।

यस्तै २०८४ ‘ञ’ नामक ७ अर्ब रुपैयाँ बराबरको ऋणपत्रका लागानीकताले वार्षिक ८.९८ प्रतिशत ब्याजदर पाउनेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।