बिपिडब्लुको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट हालसम्मकै धेरै आवेदन

0
Shares

बिपिडब्लु लघुवित्तको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट हालसम्मकै धेरै आवेदन परेको छ ।

अन्तिम दिन सोमबारसम्म कम्पनीको सेयर भर्नेको संख्या १६ हजार नाघेको हो । यो नै अहिलेसम्मको उच्च हो । यसअघि १४ हजार वा सोभन्दा कम मात्र आवेदन पर्ने गरेको थियो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज (सोमबार) साँझ ५ बजेसम्म १६ हजार ३१५ वटा आवेदन मार्फत ४ लाख २२ हजार ४४० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९ हजार ७०० कित्ता सेयर खरिका लागि आवेदन आह्वान गरेको थियो । माग संख्याको तुलनामा ४३.५५ गुणा अधिक खरिद आवेदन परेको हो ।

माघ २२ गतेदेखि बिक्री खुला भएको आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीहरु दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।