श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

0
Shares

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको माघ २७ गते सम्पन्न सञ्चालक समितिको बैठकले फागुन ३ गतेदेखि लागू हुनेगरी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगाएतका लगत अद्यावधिक गर्ने कार्यका लागि कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा रहेको छ ।  श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको यसअघि सिद्धार्थ क्यापिटल लिमिटेडसेयर रजिष्ट्रारमा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।