मोलुङ्ग हाइड्रोपावरको आईपीओमा भर्न छुट्यो कि ! आज अन्तिम दिन

0
Shares

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ भर्ने आज (फागुन १० गते) अन्तिम दिन रहेको छ । फागुन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको सो आईपीओमा लगानीकर्ताले बुधबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता, कर्मचारीहरुका लागि ५४ हजार ५७० कित्ता र म्युचुअल फन्डलाई १ लाख ३६ हजार ४२५ कित्तासेयर सुरक्षित गरी सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीले जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।